काठमाडौँ। सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ।
अनलाइनखबरले जनाए अनुसार रोक्का सूचीमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा, र काठमाडौँका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल परेका छन्।
जेन–जी आन्दोलनको दमनबारे छानबिन आयोगको सिफारिसपछि पासपोर्ट रोक्का गरिएको हो। यो समाचार तयार पर्दा सम्म सरकारको कुन तहको निर्णयबाट पासपोर्ट रोक्का गरिएको हो भन्ने जानकारी सार्वजनिक भएको छैन।
तर अनलाइनखबरले पासपोर्ट रोक्का गरिएका व्यक्तिहरूलाई गृह मन्त्रालयको पूर्वानुमति बिना काठमाडौं उपत्यकाबाहिर नजान निर्देशन दिएको उल्लेख गरेको छ।
सरकारको पछिल्लो निर्णय बिभिन्न देशहरूले नेपाललाई भीसा रोक्न सुरु गरिरहको अवस्थामा आएको हो। यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका भिजिट (भ्रमण) भिसा अस्थायी रूपमा रोक्का गरेको थियो।
गल्फ कोपरेशन काउन्सिल (जीसीसी) सम्बद्ध देशहरूले पनि भिजिट/कार्य भिसा प्रक्रियामा कडाइ गरेको थियो। उता मलेसियातर्फ श्रम भिसाको कोटा कडाइ र क्षेत्रगत प्रतिबन्ध पहिलेदेखि जारी रहेकाले नेपाली श्रमिकहरूमा असर नपरेको सरकारी दावी छ।
यसबीच, धेरै देशहरूले यात्रा चेतावनी/सतर्कता बढाएका छन्। त्यसमा अमेरिका, क्यानडा, बेलायत, सिङ्गापुर र छिमेकी भारत समेत छ।




प्रतिक्रिया