काठमाडौ । जेनजी आन्दोलनमा अकल्पनीय मानवीय क्षेति भएसंगै गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा पदबाट राजीनामा दिइका छन् । बालुवाटारमा नेपालीसमय अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।
‘मन्त्रिपरिषद बैठकका क्रममा गृहमन्त्रीजीले राजीनामा दिएको एक मन्त्रीले जानकारी दिए ।
जेनजीले काठमाडौं र देशका मुख्य सहरहरूमा सोमबार विहान गरेको आन्दोलन हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध शान्तिपूर्ण भनिएको प्रदर्शन एकाएक हिंसामा परिनत भएको थियो ।
गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए।





प्रतिक्रिया