२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

प्रदेश सांसद सुनितासँग मगर संघ अमेरिकाको अन्तरक्रिया कार्यक्रम

प्रदेश सांसद सुनितासँग मगर संघ अमेरिकाको अन्तरक्रिया कार्यक्रम

 

न्यू योर्क नेपाल सरकार गण्डकी प्रदेशसभा सदस्य सुनीता थापा मगरले आफु जनजाति मगरकी छोरी भएकोमा गर्व लागेको बताएकी छन् मगर संघ अमेरिकाले न्यूयोर्कको क्वीन्समा अवस्थित संघको कार्यालयमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा प्रदेशसभा सदस्य थापाले अमेरिकामा मगर संघले गरेको सम्मान मायाले आफुलाई गर्वसँगै अझ जिम्मेवारी थपिएको महशुस गरेको बताएकी हुन्  

थापाले भने, १२ बर्षको हुँदा कानले सुन्न छोड्यो, सँग मौनताको चिच्याहट मात्र थियो, त्यो आवाज कसैले सुन्दैनथ्यो, कति पटक भयानक सपनाहरू देख्थे आफ्नै छायासँग डराएँ, ती सबै बाधा पार गर्दै प्राप्त गरेको अनुभव भोगाइलाई शक्तिमा बदल्दै अगाडि बढ्दैछु थापाले आफु जस्तै अपाङ्गता भएकाहरूको लागि गण्डकी प्रदेशमा पहिलो पटक प्रदेशस्तरमा अपाङ्गता ब्यक्तिहरूका लागि  विधेयक पारित गर्न लागि परिरहेकी बताउँदै यो विधेयकले सबै जनजाति अपाङ्गताहरूका लागि भाषा, संस्कृति सबैको सम्मान समावेशीता सुनिश्चित गर्ने तर्क गरिन्। गण्डकी प्रदेशमा मगर गुरूङ भाषालाई सरकारी कामकाजको रूपमा प्रयोग गर्ने ब्यवस्था विधेयकमा पारित गरिएको जानकारी दिदै सम्पूर्ण मगर गुरूङ समुदायलाई बधाई  तथा शुभकामना व्यक्त गरिन् मातृभाषालाई सरकारी कामकाजी भाषाको रुपमा सात वटै प्रदेशमा लागू गर्नुपर्ने उनके भनाई छ। 

जुलाई २२ देखि २४ सम्म लस भेगासमा आयोजित डिफ नेसन एक्स्पोमा प्यानलिस्टको रुपमा अगस्त देखि सम्म  न्युयोर्कमा हुने बहिरा भएकाहरुको लागि हुने अनुभवका आधारमा हुने सिकाई, अवसर अभ्यास सम्बन्धि शिबिर कार्यक्रममा सहभागी हुन प्रदेश सांसद थापा अमेरिकामा आएकी हुन्

अन्तरक्रिया कार्यक्रममा केन्द्रीय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर, आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरूङ केन्द्रीय मगर संघ अमेरिकाका पूर्व अध्यक्ष कुलदिप राना, मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रत्नसिह गर्वुजा मगर, गुरूङ तमु सोसाइटी ईन्क युएसएका अध्यक्ष ओम गुरूङ, केन्द्रीय मगर संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष दिपसागर बुढामगर केन्द्रीय मगर संघ अमेरिकाका सचिव पूर्ण पाईजा मगर  लगाएत विभिन्न संस्थाका पदाधिकारीहरूले स्वागत गर्दै मायाको चिनो तथा खादा लगाएर प्रदेश सांसद थापा मगरलाई सम्मान गरेका थिए सचिव दिलिप श्रीस मगरले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया