२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

मेयरमा कुमोको उम्मेद्वारी रोक्न कंग्रेस वुमन नाइडिया भलास्केज गठबन्धन

न्यू योर्क सिटीको ब्रुकलिन र क्विन्सको ठूलो हिस्सा प्रतिनिधित्व गर्ने कंग्रेसवुमन डेमोक्रेटिक पार्टीकी प्रभावशाली नेता तथा ह्वाइट हाउसको राजनीतिमा प्रगतिशील ‘पावर ब्रोकर’ हुन्।
मेयरमा कुमोको उम्मेद्वारी रोक्न कंग्रेस वुमन नाइडिया भलास्केज गठबन्धन

न्यु योर्क। न्यु योर्क स्टेटका पूर्व गभर्नर एन्ड्रयु कुमोको न्यू योर्क सिटी मेयर पदको उम्मेद्वारी रोक्न कंग्रेस वुमन नाइडिया भलास्केजसहित डेमोक्रेटिक पार्टीका छ प्रभावशाली नेता लागेका छन्। उनीहरुले मेयरका प्रत्यासी जोह्रान मम्डानी, ब्राड ल्याण्डरएड्रियन आडम्सलाई अप्रिल १६ (बुधबार) मा औपचारिक समर्थन गरेर कुमोको उम्मेद्वारी रोक्ने प्रयत्न गरेका हुन्।

न्यू योर्क सिटीको ब्रुकलिनक्विन्सको ठूलो हिस्सा प्रतिनिधित्व गर्ने कंग्रेसवुमन डेमोक्रेटिक पार्टीकी प्रभावशाली नेता तथा ह्वाइट हाउसको राजनीतिमा प्रगतिशील ‘पावर ब्रोकर’ हुन्। औचारिक समर्थन  गर्नेमा भलास्केजसँगै ब्रक्लिन बोरोका प्रेसिडेन्ट एन्टोनियो रेनोसो, न्यु योर्क स्टेट सिनेटर जुलिया सालाजार, न्यु योर्क स्टेट एसेम्ब्ली मेम्बर इमिली गालागर, सिटी काउन्सिल मेम्बर जेनिफर गुटिरेज, स्याण्डी नर्स र लिङ्कन रेस्लर छन्। 

उनीहरूले आगामी जुन २४ मा हुने मेयर पदको प्राइमरी निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका न्यु योर्क स्टेट एसेम्ब्ली मेम्बर मम्डानी, न्यु योर्क सिटी कम्प्ट्रोलर ल्याण्डर र सिटी काउन्सिल स्पिकर आडम्सलाई समर्थन गरेका हुन्। उनीहरूले डेमोक्रेटिक पार्टीकै पूर्व गभर्नर कुमोलाई मेयरको उम्मेदवारीबाट रोक्न यो कदम चालेका हुा्। 

कंग्रेसवुमन भलास्केजले सञ्चार माध्यममा दिएको अन्तर्वार्ताहरुमा पूर्व गभर्नर भएकाले कुमोलाई धेरैले चिन्ने भएकाले सर्वेक्षणहरुले मेयर पदको निर्वाचनमा उनी अग्र स्थानमा रहेको देखाएको प्रतिक्रिया दिएकी छन्। उनले न्यु योर्क सिटीका मतदाताहरूलाई गरिखाने वर्गको पक्षमा उभिने अझ गतिलो विकल्प चाहिएकाले यस्तो कदम चालेको बताएकी छन्। उनले ती विकल्प जोह्रान मम्डानी, ब्राड ल्याण्डरएड्रियन आडम्स भएको जनाएकी छन्। 

सियना कलेजले गरेको सर्वेक्षणले मेयर पदका लागि कुमो सबैभन्दा सशक्त उमेद्रवार भएको देखाएको छ। दोस्रो स्थान मम्डानी छन् । मम्डानी मेयरको निर्वाचनका लागि जनस्तरबाट सबैभन्दा बढी ‘फण्ड रेज’ गर्ने उमेद्वार हुन्। आफ्नै पार्टीका प्रभावशाली नेताहरूले समर्थन नगरेपछि कुमोको चुनावी अभियानलाई ठूलो धक्का लागेको छ। तर, यसको नतिजा निर्वाचनले नै देखाउने छ।

प्रतिक्रिया