राष्ट्रपति डोनाल्ड ट्रम्पले लेकिन राईली एक्टमा हस्ताक्षर गरेका छन्। उनले बुधबार उक्त एक्टमा हस्ताक्षर गरेका हुन्। त्यससँगै अवैधानिक आप्रवासी डिपोर्ट गर्न सहयोग पुग्ने यो नीतिगत कानून कार्यान्वयनमा आएको छ।
कूल ४३५ सदस्य भएको हाउसले २६४ मतले लेकिन राइली एक्ट नामक विधेयक पारित गरेको हो। उक्त नीतिगत कानूनको पक्षमा ४८ डेमेक्रेटले समेत मतदान गरेका थिए। कानूनको विपक्षमा १५९ ले मतदान गरेका थिए। हाउसमा डेमोक्रेट्सको सङ्ख्या २१५ छ भने रिपब्लिकनको सङ्ख्या २२० छ।
यो कानूनमा हस्ताक्षर भएसँगै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी
(डिएचएस) का लागि चोरी, ठगी लगायतका अपराध गरेका
गैरकानूनी आप्रवासीलाई समेत पक्राउ गर्न बाटो खुलेको छ।
कङ्ग्रेसको अर्को सदन सिनेटबाट पनि यो कानून ६४ भोटले पारित भएको थियो। यो कानूनका विरुद्धमा सिनेटमा ३५ भोट परेको थियो। कूल १०० सदस्य भएको सिनेटमा डेमोक्रेट्सको ४७ सदस्य छ भने रिपब्लिकनको ५३ सदस्य छ। कङ्ग्रेसको दुवै सदनबाट पारित भएपछि यो कानून हस्ताक्षरका लागि राष्ट्रपतिको कार्यालय पठाइएको थियो।
यो कानूनमा हस्ताक्षर भएसँगै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) का लागि चोरी, ठगी लगायतका अपराध गरेका गैरकानूनी आप्रवासीलाई समेत पक्राउ गर्न बाटो खुलेको छ।
यो कानून गत वर्ष मार्चमा पनि हाउसले पारित गरेको थियो जसका लागि ३७ डेमेक्रेटले हाउसमा रिपब्लिकनलाई सहयोग गरेको थियो। त्यतिबेला सिनेटमा बहुमत भएकाले डेमेक्रेटले उक्त कानून पारित हुनबाट रोकेको थियो।
यो कानून एकजना कागजात विहीन भेनेज्वेलन आप्रवासीले हत्या गरेका लेकिन राइली नामक २२ वर्षीया युवतीको नाममा पारित गरिएको हो। राइली नर्सिङ पढिरहेकी थिइन्। उनको हत्यामा जोसे इबारा नामक व्यक्तिलाई गत नोभेम्बरमा अभियुक्त ठहर गरिएको थियो।
नो योर राईट्सः श्रृंखला २। आईसले तपाईँको घरमा छापा मारे के गर्ने?





प्रतिक्रिया