२३ फागुन २०८२, शनिबार
Sat, Mar 7, 2026
SUBSCRIPTION

आप्रवासन विज्ञ न्यायाधीशकै कार्यालयमा एफबीआईको छापा, न्यायाधीशद्वारा राजिनामा

आप्रवासन विज्ञ न्यायाधीशकै कार्यालयमा एफबीआईको छापा, न्यायाधीशद्वारा राजिनामा

न्यू योर्क। फेडेरल ब्युरो अफ इन्भेसिटगेसन (एफबीआई) ले आप्रवासन मामिलाका विज्ञ न्यायाधीशकै कार्यालयमा छापा हानेको छ। एफबीआईले जनवरी २३ मा रोढ आइल्याण्डका न्यायाधीश जोसेफ मोनिला फ्लिनको कार्यालयमा छापा हानेको हो।

एफबीआईले फ्लिनको कार्यालयबाट विभिन्न कागजात सामाग्री नियन्त्रणमा लिएको छ। उनी सेन्ट्रल फल्स म्युनिसिपल कोर्टमा न्यायाधीश थिए। उनले सोही दिन न्यायाधीशको पदबाट राजिनामा दिएका छन्।

सञ्चारमाध्यमहरूका अनुसार एफबीआईले फ्लिनको कार्यालयमा छापा मारेको स्वीकारेको छ। तर, छापा मार्नुको कारण खुलाएको छैन। फ्लिन उनको कार्यालयले सञ्चारमाध्यमहरूलाई छापा मारेको सम्बन्धमा बताउन अस्वीकार गरेका छन्। 

फ्लिन नौ वर्षको उमेरमा कोलम्बियाबाट अमेरिका आएका थिए। त्यसको १५ वर्षपछि उनले ग्रीन कार्ड पाएका थिए। मिशिगन स्कुलमा कानून पढेका उनी आप्रवासी मामिलामा काम गर्ने अधिवक्ता हुन्।

आइससँग सामना भए के गर्ने? नो यार राइट्स (भिडियो):

प्रतिक्रिया