२३ फागुन २०८२, शनिबार
Sat, Mar 7, 2026
SUBSCRIPTION

क्यानाडाका प्रधानमन्त्री ट्रुडोद्धारा राजीनामा घोषणा

र्थिक अनिश्चितता र राजनीतिक संघर्षकावीच उनले यो निर्णय लिएका हुन् । आफ्नो पार्टीबाट प्रधानमन्त्रीको अर्को उम्मेद्धार चयन नगरेसम्म उनी नै प्रधानमन्त्री रहनेछन् । ट्रूडोले पार्टीको नेतृत्वबाट समेत हट्ने घोषणा गरेका छन् ।
क्यानाडाका प्रधानमन्त्री ट्रुडोद्धारा राजीनामा घोषणा

 

न्यूयोर्क । क्यानाडाका प्रधानमन्त्री ज्याष्टिन ट्रूडोले आफ्नो दशवर्षे शासनकालको अन्त्य गर्दै सोमबार राजीनामा घोषणा गरेका छन् । आर्थिक अनिश्चितता र राजनीतिक संघर्षकावीच उनले यो निर्णय लिएका हुन् । आफ्नो पार्टीबाट प्रधानमन्त्रीको अर्को उम्मेद्धार चयन नगरेसम्म उनी नै प्रधानमन्त्री रहनेछन् । ट्रूडोले पार्टीको नेतृत्वबाट समेत हट्ने घोषणा गरेका छन् । 

प्रधानमन्त्री ट्रूडोले ओटावाको आफ्नो निवास बाहिर पत्रकार सम्मेलन गर्दै “फेरि सुरु गर्ने समय आएको छ” बताए । उनले पार्टीले राष्ट्रिय चुनावमार्फत नयाँ नेतृत्व चयन नगरेसम्म आफू प्रधानमन्त्रीको रूपमा रहने बताएका छन् । “मेरो नेतृत्वको बारेमा उत्पन्न भएको विवाद हटाउनु भनेको तापमान घटाउने अवसर हो,“ उनले भने।

५३ वर्षका ट्रूडो, लगभग एक दशक पहिले सत्तामा आएका थिए । उनले आफुलाई छोटो समयमा नै प्रगतिशील प्रतीकको रूपमा चिनिएका थिए । पश्चिमी मुलुकका नेताहरू मध्ये ट्रूडा यस्ता नेता हुन् जसलाई विरोधी र जनताका आक्रोशले पदबाट हट्न बाध्य बनाएको छ । कोरोना महामारीपछिको अर्थतन्त्र बिग्रीदै गएको र महँगाइको उच्च दरमा वृद्धि भइरहेको आरोप उनीमाथि लाग्दै आएको छ । जसको कारण क्यानाडामा बेरोजगारी ६ प्रतिशत भन्दा बढी पुगेको समेत बताइएको छ ।

संसदको आन्तरिक संघर्ष र लिबरल पार्टीका केही सदस्यहरूले पनि उनलाई राजिनामा दिनको लागि दबाब दिइरहेका थिए । डिसेम्बरमा, ट्रूडोकी उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रील्याण्डले अप्रत्याशित रूपमा राजिनामा दिएकी थिइन् । फ्रील्याण्डल ट्रूडोको नेतृत्वमा भएको सरकार संचालनको कडा आलोचना गरेकी थिइन् । फ्रील्याण्ड, जो पहिले ट्रूडोकी निकट सहयोगी थिइन्, उनले नै ट्रूडोमाथि अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनौतीसँग सामना गर्न असमर्थ रहेको टिप्पणी समेत गरेकी थिइन्। यसका साथै कन्जरवेटिभ पार्टीको दबाब समेत ट्रुडोमाथि बढ्दै गएको थियो । 


क्यानाडामा अहिले ट्रम्पको कर नीति र त्यसले क्यानाडा, अमेरिका र मेक्सिको बीचको व्यापार सम्झौतामा पर्न सक्ने असरबारे बहस भइरहेको छ । क्यानाडा ठूलो मात्रमा तेल र गाडीको निर्यातमा निर्भर छ । अमेरिका त्यसको मुख्य बजार हो । ट्रूडोले नोभेम्बर महिनामा फ्लोरिडामा ट्रम्पसँग भेटेका थिए र व्यापार शुल्कको विषयमा छलफल गर्ने प्रयास गरेका थिए, तर त्यो प्रयासले कुनै नतिजा दिन सकेको थिएन । डिसेम्बरमा ट्रम्पले ट्रूडोको मजाक उडाउँदै उनलाई “गभर्नर ज्याष्टिन ट्रूडो अफ द ग्रेट स्टेट अफ क्यानाडा“ भनेर सामाजिक संजालमा उल्लेख गरेका थिए । ट्रम्पले सोमबार पनि ट्रूडोको राजिनामामा प्रतिक्रिया जनाउँदै क्यानाडाले अमेरिकासँग एकीकरण गरेर “५१ औं राज्य“ बन्ने प्रस्ताव राखेका छन् । ट्रूडोले सोमबार नै संसदको निलम्बन घोषणा गर्दै संसद पूर्णतया अवरोध र उत्पादनहीनताको शिकार भएको बताएका छन् । 

प्रतिक्रिया