फोटोः सुनिताको फेसबुक वालबाट साभार
काठमाण्डौ। मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक दनुवारलाई जोरपाटीस्थित निवासमा सुतेको अवस्थामा अचेत फेला पारेको थियो।
अचेत अवस्थामा फेला परेका दनुवारलाई उनका श्रीमानले अस्पताल लगेका थिए, अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दनुवारको मृत्युको कारण खुल्न सकेको छैन।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको लागि काम गर्ने संस्था शक्ति समूहकी संस्थापक सदस्य हुन्।
उनको मृत्युपछि महिला तथा मानव अधिकारका क्षेत्रमा कार्यरत मानव अधिकारकर्मीहरुले सामाजिक सञ्जाल फेसबुकमा दुख व्यक्त गरेका छन्। महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन) का कार्यकारी निर्देशक बेनुमाया गुरुङले लेखेकी छिन् अत्यन्तै दुखद मानव बेचविखन विरुद्धको अभियन्ता सुनिता दनुवाररहनुभएन। त्यस्तै मानव अधिकार आयोगका पुर्व सदस्य गौरी प्रधानले लेख्छन्, महिला बेचविखन विरुद्ध संघर्षरत एक शशक्त र अथकित योद्धा सुनिता फाउन्डेसनकी अध्यक्ष मेरो प्यारो बहिनी सुनिताको असामयिक निधनको खबरले म स्तब्भ र साह्रै दुखी भएको छु। त्यस्तै, महिला अधिकारकर्मी तथा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिला विरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्य वन्दना राणाले फेसबुकमा लेखकी छन् अत्यन्त दुख लागयाृ, महिला आनदोलनको क्षत्रमा अतुलनीय योगदान पुर्याएकी शक्ति समुहकी सुनिता दनुवारको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धान्जली ।
दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो। उनले आँशुको शक्ति पुस्तक समेत प्रकाशन गरेका थिए।





प्रतिक्रिया