०५ माघ २०८१, शनिबार
Sat, Jan 18, 2025
SUBSCRIPTION

के के छन् खतरा? (भिडियो सहित)

ट्रम्पले कार्यभार सम्हालेपछि आप्रवासीका लागि के के छन त खतरा?
के के छन् खतरा?  (भिडियो सहित)

न्यू योर्क। वरिष्ठ अधिवक्ता केशवराज सेढाईँले टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डाका) मा रहेका आप्रवासीलाईइमिग्रेसन स्टाटसपरिवर्तन गर्न सुझाव दिएका छन्।

एनवाइसी नेपाल न्यूजसँगको कुराकानीमा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि टिपिएस डाका खारेज हुन सक्ने संभावना व्यक्त गदै डिपोर्टेसनबाट जोगिन त्यस्तो सुझाव दिएका हुन्।स्टुडेन्ट स्टाटसमा जानु उक्त विकल्प हुनसक्छ,’ उनले भने, ‘अमेरिकामा विद्यार्थी जो पनि हुनसक्छ धेरै विषयमा अध्ययन गर्न सकिन्छ।

अधिवक्ता सेढाँइले सिनेट कंग्रेसमा समेत बहुमत आउने अबस्थामा दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी कानून उल्ट्याउन सक्ने संभावना व्यक्त गरे।हाउस सिनेट दवै स्थानमा पकड भएको अबस्थामा इमिग्रेसन अपसाइड डाउन गर्न सक्छ।उनले यस्तो अबस्थामा राजनीतिक शरणमा रहेका आप्रवासीलाई धेरै अप्ठ्यारो हुन सक्ने बताए। 

ट्रम्पले कार्यभार सम्हालेपछि आप्रवासीका लागि के के छन त खतरा? त्यस विषयमा जान्न वरिष्ठ अधिवक्ता सेढाइँसँग एनवाइसी नेपाल न्युजकी सम्पादक मच्छे डी गुरुङले गरेको कुराकानीको भिडियो हेर्नुहोसः

प्रतिक्रिया