२१ फागुन २०८२, बिहिबार
Thu, Mar 5, 2026
SUBSCRIPTION

‘सेक्योर जब्स’ का लागि सिटी हलमा प्रदर्शन

‘सेक्योर जब्स’ का लागि सिटी हलमा प्रदर्शन

 

न्यू योर्क। श्रमजीवि वर्गका लागि काम गर्दै आएका करिब तीन दर्जन संघ संस्थाले ‘सेक्योर जब्स’ का लागि न्यू योर्क सिटीको सिटी हल बाहिर प्रदर्शन गरेका छन्। प्रदर्शन बिहीबार बिहान ९ बजेदेखि १० बजेसम्म भएको थियो।

प्रदर्शनीमा नेपाली श्रमजीवि वर्ग सदस्य भएको देसिज राईजिङ अप एण्ड मुभिङ (ड्रम) र नेपाली महिलाको हीतमा काम गर्दै आएको अधिकार लगायतका आप्रवासी र श्रमजीवि वर्गका ३४ संघ संस्था थिए। उनीहरुले कामदारलाई रोजगारदाताले बिना कारण निकाल्ने, स्पष्टिकरणको मौका नदिने, दुःख दिने, हटाउनु पूर्व सूचना नदिने, काम गर्ने समय कटौति गर्ने अबस्था अन्त्य गर्न सेक्योर जब्स विधेयक पारित गर्नुपर्ने माग गरेका छन्।

उक्त विधेयक पारित गर्न न्यू योर्क सिटीका ३० काउन्सिल मेम्बरको समर्थन आवश्यक पर्छ। उक्त विधेयकलाई हाल ७ काउन्सिल मेम्बरले समर्थन गरेका छन्। काउन्सिल मेम्बरको संख्या बढाउन यी संघ संस्थाले लबिङ गरिरहेका छन्। बिहीबारको प्रदर्शनीलाई काउन्सिल मेम्बर टिफानी कबान र सहाना हनिफ तथा विभिन्न संघ संस्थाका प्रतिनीधिले सम्बोधन गरेका थिए।

 

 

प्रतिक्रिया