न्यू योर्क। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राति न्यूयोर्क आइपुगेका छन्। प्रधानमन्त्री ओली २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली स्थानीय समय अनुसार राती ११ न्युयोर्क आइपुगेका हुन्।
न्यूयोर्कको म्यानहटनथित ह्यात होटलमा रहने नेपालका प्रधानमन्त्री ओलीको न्यू योर्कस्थित विभिन्न संघसंस्था प्रतिनीधि र नेपाली समुदायका अगुवाहरु होटलमा पुगेर स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीलाई जोन एफ केनेडी विमानस्थलमा राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवहाक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यबहाक महावाणिज्यदूत चक्र सुवेदीलगायतले स्वागत गरेका थिए। न्यूयोर्कको म्यानहटनथित ह्यात होटलमा रहने नेपालका प्रधानमन्त्री ओलीको न्यू योर्कस्थित विभिन्न संघसंस्था प्रतिनीधि र नेपाली समुदायका अगुवाहरु होटलमा पुगेर स्वागत गरेका थिए। त्यसक्रममा प्रबासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष संजय थापा, सदस्यहरु कल्पना त्रिपाठी, राजेन्द्र सिवाकोटी, मन्चका अमेरिका अध्यक्ष कृष्ण लामिछाने, सल्लाहकार प्रितिसागर खत्री, मन्चका सदस्यहरु मोहन ओली, पुनम थापा, संपूर्ण थापा लगायतले प्रधानमन्त्री ओलीलाई खादाले स्वागत गरेका थिए।

यसैबीच प्रधाानमन्त्री ओली शनिबारबाटै विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले शनिबार नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससंग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली शनिबार विहान पार्लियमेन्ट फोरमको ‘फोसिल फ्युल’ सम्बन्धी कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने दिउसो राष्ट्रसंघीय भवनमा महासचिव गुटेरससंग दुइपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका सरकार प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघ भित्र भने महासभाको भ्रमणका क्रममा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। परराष्ट्रका अनुसार प्रधानमन्त्री ओलीले समिट अफ द फ्युचयर लाई आइताबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस्तै उच्चस्तरीय सत्रहरु ‘सी लेभल राइज’, ‘फाइनान्सिङ द फ्युचर’ लगायतमा सम्बोधन गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया