२४ असार २०८२, मङ्गलबार
Tue, Jul 8, 2025
SUBSCRIPTION

तमु सोसाइटीको सभासद गुरुङसँग ‘मीट एण्ड ग्रीट’

तमु सोसाइटीको सभासद गुरुङसँग ‘मीट एण्ड ग्रीट’

न्यू योर्क। गुरुङ (तमु) सोसाइटी ईंक युएसएले गण्डकी प्रदेशका सांसद पञ्चराम गुरुङसँग मीट एण्ड ग्रीट कार्यक्रम गरेको  

कार्यक्रममा पूर्व सामाजिक तथा स्वास्थ्य मन्त्री गुरुङले आफ्नो छोटो कार्यकालमा गरेका कामको जानकारी दिएका थिए सांसद गुरुङले विदेशी भूमीमा रहेका गुरुङहरुले स्वागत गरेकोमा खुशी लागेको बताउँदै धन्यवाद ज्ञापन गरेका थिए  

आफुले पनि विदेशमा २० बर्ष बढी बिताएको अनुभव सुनाउँदै सांसद गुरुङले भने, ‘इमान्दारपूर्वक राजनीति मार्फत समाज देशको लागि केही योगदान गरौं भनेर समाज सेवा गर्न राजनीतिमा लागेको हो।विदेशमा बस्ने नेपालीले जति स्वदेशमा बस्ने नेताहरुले माया गरिदिएको भए देशको मुहार फेरी सक्ने उनको भनाइ  

सांसद गुरुङले देशमा परिवर्तनको नाममा देश जनतालाई शीरमा राखेर नेताहरुले काम नगरेका कारण देशको अवस्था झनै नाजुक बनेको बताए युवा पुस्ताको बारेमा गम्भीर भए सोच्न जरुरी रहेकोमा जोड दिंदै साँसद गुरुङले भने, ‘अब हामी नेताहरुले सकारात्मक भएर हिजो भएका गल्तीहरुलाई सच्याएर अघि बढ्नुको विकल्प छैन।सरकारबाट पाउने सेवा सुविधाको कागजी प्रक्रिया झन्झटिलो भएकाले  गुरुङ समुदायका नागरिकहरु सेवा सुविधाबाट बञ्चित रहेको अनुभव सुनाए। 

सांसद गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेशका अध्यक्ष हुन्। जनप्रतिनिधीले इमान्दारपूर्वक काम गर्ने मुलुकलाई भ्रष्टाचार मुक्त गर्न सकेमा मात्र देशको विकास लागि प्रशस्त काम गर्न सकिने उनको तर्क छ। गुरुङ समुदाय सबै जना एक ढिक्का भएर अघि बढेमा मात्रै कुनै पनि कुरा हासिल गर्ने भएकोले सबै गुरुङहरुलाई एकतावद्ध भएर अघि बढ्न उनले सुझाव दिए। गुरुङ (तमु) सोसाइटी ईंक युएसएका अध्यक्ष ओम गुरुङले स्वागत गर्दै साँसद गुरुङको अमेरिका भ्रमणको सफलताको लागि शुभकामना दिए।

 

प्रतिक्रिया