वाशिंगटन डीसी। अमेरिकाका लागि नेपाली दूतावासले फेसबुक पेजमार्फत अमेरिकामा रहेका नेपाली नागरिकका लाई अमेरिकी सरकारले दिने सहुलिएत दुरुपयोग नगर्न 'चेतावानी' दिएको छ।दूतावसले बिहिबार (जनवरी २९) “अत्यन्त जरूरी सूचना” जारी गर्दै त्यस्तो चेतावनी दिएको हो।
मुलुकको प्रतिष्ठामा पनि गम्भीर नकारात्मक असर पर्ने दूतावासको भनाइ छ।
सूचनामा अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय वा परिवार भेटघाटका लागि युनाइटेड स्टेट्स अफ अमेरिका मा रहेका सबै नेपालीलाई सतर्क रहन भनिएको छ। दूतावासका अनुसार अमेरिकामा बस्दा अवैधानिक तरिकाले, वा गलत सूचना र विवरण पेश गरेर, अमेरिकी सरकारले दिने सहुलियतपूर्ण सेवा र सहायता लिनु जोखिमपूर्ण हुन्छ। यस्तो काममा संलग्न भए भिसा वा ग्रिनकार्ड स्टाटस मा सिधै असर पर्न सक्छ। स्टाटस रद्दसमेत हुन सक्ने भनिएको छ।

सूचनामा हेल्थ केयर, हाउजिङ, फ्यामिली असिस्टेन्स, एजुकेशनल असिस्टेन्स जस्ता सहायता/सुविधालाई उदाहरणका रूपमा उल्लेख गरिएको छ। दूतावासले यस्ता सहायता “गलत विवरण” प्रयोग गरेर नलिन स्पष्ट अनुरोध गरेको छ।
दूतावासले अर्को चिन्ता पनि उठाएको छ। उसले केही नेपाली नागरिकको तथ्यांकले अमेरिकी सरकारका सहुलियतपूर्ण सेवाहरू लिनेहरूको सूचीमा नेपाली “माथिल्लो” तिर भनेको छ। त्यसैलाई आधार मानेर अमेरिकाले “हाललाई” इमिग्रेन्ट भिसा सम्बन्धी नीति प्रभावित भएको भन्ने सन्देश पनि दूतावासले दिएको छ।
यसैबीच, दूतावासको पोस्टमा बी–वन/बी–टु (बी१/बी२) भिसाको दुरुपयोगबारे पनि जोड दिइएको छ। पोस्टका अनुसार बी–वन/बी–टु भिसामा अमेरिका गएका केही नेपाली ओभरस्टे गरेको, वा तोकिएको उद्देश्यभन्दा फरक काममा संलग्न भएको पाइएपछि कडा नीति आएको हो।
दूतावासले भनेअनुसार त्यस नीति अन्तर्गत अमेरिकी सरकारले जनवरी २१, २०२६ देखि लागू हुने गरी बी–वन/बी–टु भिसा आवेदनमा भिसा बन्ड राख्ने प्रावधान ल्याएको छ। पोस्टमा यो रकम यूएस डलर ५,००० देखि १५,००० सम्म हुन सक्ने उल्लेख छ। दूतावासले यसलाई “धरौटी (भिसा बण्ड)” भनेर लेखेको छ।
दूतावासले यस्ता गतिविधिले नेपालप्रति अमेरिकी भिसा नीति थप कडा हुन सक्ने चेतावनी दिएको छ। यसले भविष्यमा अमेरिका जान चाहने नेपालीका लागि भिसा पाउन अझ कठिन बनाउन सक्ने भनिएको छ। मुलुकको प्रतिष्ठामा पनि गम्भीर नकारात्मक असर पर्ने दूतावासको भनाइ छ।
दूतावासले अमेरिकामा रहेका सबै नेपालीलाई गैरकानूनी काम नगर्न, गलत सूचना वा विवरण पेश नगर्न, सहुलियतपूर्ण सहायता/सुविधामा गलत तरिकाले निर्भर नहुन र बी–वन/बी–टु भिसाको दुरुपयोग नगर्न अनुरोध गरेको छ।





प्रतिक्रिया