२३ कात्तिक २०८१, शुक्रबार
Fri, Nov 8, 2024
SUBSCRIPTION

मेयर आडम्स आप्रवासी रक्षा गर्ने ‘सेङ्चुअरी सिटी’ कानून परिवर्तनको मनस्थितिमा

मेयर आडम्स आप्रवासी रक्षा गर्ने ‘सेङ्चुअरी सिटी’ कानून परिवर्तनको मनस्थितिमा
मेयर आडम्स आप्रवासी रक्षा गर्ने ‘सेङ्चुअरी सिटी’ कानून परिवर्तनको मनस्थितिमा

के गर्छसेङ्चुअरी सिटीनीति तथा कानूनले?

  • आप्रवासीलाई डिपोर्ट हुनबाट रोक्न आइसिईलाई असहयोग।
  • आप्रवासीको व्यक्तिगत सूचना आइसिइजस्ता निकायलाई दिन प्रतिबन्ध 
  • सिटीले प्रदान गर्ने सेवा सुविधा भयरहित भएर उपभोग गर्ने अधिकार।
  • डिपोर्टेसन हुनबाट जोगिन आफ्नो वचाउ गर्न कानूनी सहायता।
  • ब्याङ्क खाता खोल्ने, ‘इमिग्रेसन स्टाटसगोप्य राख्ने जस्ता कामका लागि सिटीको परिचयपत्र। 

न्यू योर्क। मेयर एरिक आड्म्ससेङ्चुअरी सिटीसम्बन्धी स्थानीय नीति तथा कानून परिवर्तनको पक्षमा देखिएका छन्। यस्ता स्थानीय नीति तथा कानून परिवर्तन भए कागजातविहिन आप्रवासीको सुरक्षामा संकट पैदा हुन्छ। 

 

 

सेङ्चुअरी सिटीसम्बन्धी नीति तथा कानूनहरुको कडा आलोचना गर्दै आएका मेयर आडम्सले हालै सार्वजनिक अभिव्यक्ति दिँदै भनेका छन्, ‘न्यू योर्कबासी प्रति हिंस्रक ब्यबहार गर्ने मानिसलाई हाम्रो सिटीमा बस्न दिनु हुँदैन।अगस्त १३ मा ब्रुक्लिनको कोनी आइल्यण्डमाहोमलेसआप्रवासी महिलामाथि यौन हिंसा गरेको एक पुरुषलाई पिटेको अभियोगमा प्रहरीले एक जना मेक्सिको एक जना निकारागुवाबाट अमेरिका आएका आप्रवासी पक्राउ गरेको थियो। त्यसलगत्तै मेयर आडम्सले यस्तो अभिव्यक्ति दिएका थिए। 

उनको अभिव्यक्ति आप्रवासी मन नपराउने (जेनोफोबिक) आप्रवासी विरोध भावना बढाएर समाजमा फाटो ल्याउने भन्दै लिगल एड सोसाइटीले आलोचना गरेको थियो। इमिग्रेसन एण्ड कस्टम इन्फोसमेन्ट (आइसिई) ले पक्राउ पूर्जी (वारेन्ट) जारी गरे न्यू योर्क सिटीकोसेङ्चुअरी सिटीसम्बन्धी कानूनले हिंस्रक गम्भीर अपराधका अभियुक्तलाई आइसिईको जिम्मा लगाउन रोक्दैन। 

न्यू योर्क सिटीको नीति कानून पारित गरिने निकाय सिटी काउन्सिललमा काउन्सिलम्यान रबर्ट होल्डेनलेसेङ्चुअरी सिटीसम्बन्धी नीति कानून परिवर्तन गर्न गत जुनमा विधेयक दर्ता गराएका छन्। मेयर आडम्सलेसेङ्चुअरी सिटीसम्बन्धी कानून परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। 

न्यू योर्क सिटीकोसेङ्चुअरी सिटीसम्बन्धी नीति तथा कानूनले कागजातविहिन आप्रवासीलाई सुरक्षा प्रदान गर्छ। ती नीति तथा कानूनले कागजात विहिन आप्रवासीलाई आप्रवासी डिपोर्ट गर्ने आइसिईको जिम्मा लगाउने प्रक्रियामा असहयोग गर्छ। ती नीति तथा कानूनले न्यू योर्क सिटीका सरकारी निकायलाई आप्रवासीको व्यक्तिगत सूचना आइसिइजस्ता निकायलाई दिन प्रतिबन्ध लगाउँछ। 

आप्रवासीलेसेङ्चुअरी सिटीसम्बन्धी नीति कानूनकै कारण न्यू योर्क सिटीले प्रदान गर्ने शिक्षा, स्वास्थ, कानूनी सुरक्षा लगायतका हरेक सेवा सुविधा भयरहित भएर उपभोग गर्न सकेका हुन्।सेङ्चुअरी सिटीसम्बन्धी नीति कानूनका कारण यस्ता जानकारी सिटीको कुनै पनि निकायले आइसिई जस्ता निकायलाई उपलब्ध गराउँदैन। साथै, कागजात विहिन आप्रवासीलाई डिपोर्टेसन हुनबाट जोगिन आफ्नो वचाउ गर्न कानूनी लडाइका लागि न्यू योर्क सिटीले कानूनी सहायता उपलब्ध गराउँछ। आइडिएनवाइसी कार्यक्रम अन्तर्गत कागजात विहिन आप्रवासीलाई समेत न्यू योर्क सिटीले परिचयपत्र जारी गर्छ जसका आधारमा उनीहरुले ब्याङ्क खाता खोल्न आफ्नोइमिग्रेसन स्टाटसनखोली विभिन्न निकायसँग कारोबार गर्न सक्छन्। 

प्रतिक्रिया